• vacancy ad
  • सर्वोच्चका प्रस्तावित ६ न्यायाधीश संसदीय समितिबाट सर्वसम्मतिले अनुमोदित

  • Ad Space available
  • काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । आज (बुधबार) बसेको समिति बैठकले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो ।

    उनीहरूको २९ मंसिरदेखि सुनुवाइ जारी थियो । उनीहरूविरुद्ध परेका उजुरीमाथि करिब एक साता लामो सुनुवाइपछि सबैजनाको नाम समितिबाट सर्वसम्मतिले अनुमोदन भएको हो । न्यायपरिषद्को सिफारिसपछि उनीहरूबारे गत मंसिर २४ गतेदेखि संसदीय समितिमा सुनुवाइ अघि बढेको थियो ।

    सिफारिस
    लोकप्रिय