• vacancy ad
  • राष्ट्रियसभा निर्वाचनका लागि १२ दललाई आयोगले दियो चुनाव चिह्न (सूचीसहित)

  • Ad Space available
  • काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता गरिएको छ । निर्वाचन आयोगले ती दललाई निर्वाचन चिह्न पनि प्रदान गरेको छ ।

    “…दर्ता भएका दलहरूका लागि संवत् २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिह्न प्रदान गरिएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    आयोगले नेकपा (एमाले) लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, नेकपा (माओवादी केन्द्र)लाई गोलाकारभित्रको हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई हलो, जनता समाजवादी पार्टी (जसपा), नेपाललाई ढल्केको छाता निर्वाचन चिह्न प्रदान गरेको छ ।

    यस्तै, जनमत पार्टीलाई लाउड स्पिकर, नेकपा (एकीकृत समाजवादी) लाई कलम, नागरिक उन्मुक्ति पार्टीलाई पिँध भएको सादा ढकिया, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई साइकल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)लाई मादल, राष्ट्रिय जनमोर्चालाई गिलास र नेपाल समाजवादी पार्टीलाई खुलेको आँखा चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।
    हेर्नुस् निर्वाचन चिन्ह्

    Press Release 2080 09 01 Election comission
    सिफारिस
    लोकप्रिय