• vacancy ad
  • कोरोनाबाट एकै दिन सर्वाधिक २४६ को मृत्यु, ८,१७३ संक्रमित

    corona death
  • Ad Space available
  • काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घन्टामा २४६ जनाको मृत्यु भएको छ ।

    यो नेपालमा एकै दिन भएको सर्वाधिक मृत्यु हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो ।

    ad space

    यसैगरी पछिल्लो २४ घण्टामा थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् । २४ घण्टामा ७, ९८९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय