• vacancy ad
  • सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा !

  • Ad Space available
  • ढोरपाटन । लामो समयदेखि अलपत्र परेको सालझण्डी-ढोरपाटन सडक निर्माण द्रुत गतिमा अघि बढेको छ । तराई पहाड जोड्ने गरी निर्माण थालिएको यो सडकको बागलुङ खण्डको काम मङ्सिर लागेयता द्रुत गतिमा अघि बढेको हो ।

    राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको यो सडकको बागलुङ खण्डमा ‘ट्र्याक’ खुलेको आठ वर्ष बितिसकेको थियो । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको सडक अहिलेसम्म स्तरोन्नति हुन सकेको थिएन । सरकारले सडक स्तरोन्नतिका लागि गत वर्ष रु ६० करोड विनियोजन गरेको थियो ।

    ad space

    गत वर्ष बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका-९ फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतिको सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि गत वर्ष कात्तिकमा स्वच्छन्द/ओमबुद्ध जेवी काठमाडौँले २३ करोडमा ३० महिनामा सक्ने गरी कामको जिम्मा लिएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयले जनाएको छ ।

    लामो समयदेखि काममा नलागेको निर्माण कम्पनी स्थानीयस्तरबाटै दबाब बढेपछि अहिले कामले गति लिएको हो । उक्त सडक खण्डअन्तर्गत पर्ने बुर्तिबाङ–ढोरपाटन खण्डमा निर्माण कम्पनीले तीन स्थानमा पहरा काट्ने, नाली निर्माण र सडक फराकिलो बनाउन थालेको छ ।

    बुर्तिबाङ लक्ष्मीकुण्ड मोटरबल पुलदेखि ढोरपाटन क्षेत्रतर्फ २२ किलोमिटर सडक स्ट्यान्डर्ड ग्राभेलिङको जिम्मा पाएको स्वच्छन्द ओम बुद्ध जेभीले ढोरपाटन जान वैकल्पिक सडक निर्माण गरी कामलाई तीव्रता दिएको स्थानीय खिमबहादुर बिकले बताए । बाह्रै महिना ढोरपाटन घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भन्दै बाटोका कारण सास्ती भोगेको विकले बताए ।

    निर्माण कम्पनीले बुर्तिबाङ बजार नजिक, ढोरपाटन नगरपालिका-५ अधिकारीचौरको बतासेडाँडा-९ को सुप्राङ क्षेत्रमा ठूला–ठूला पहरा फोड्ने र सडक फराकिलो बनाउने काम गरिरहेको निर्माण कम्पनी स्वच्छन्द/ओमबुद्ध जेवीका प्रतिनिधि दीपेश लामाले बताए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय