• vacancy ad
  • नवलपरासीमा बस दुर्घटना, ४ जनाको मृत्यु

  • Ad Space available
  • नवलपरासी पश्चिममा भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ ।
    काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलको खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।
    नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाका अनुसार ज्यान जानेमध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै परिचय खुलेको उनले बताए ।
    घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र कतिजना घाइते भएका छन् भन्ने विवरण संकलन भइरहेको छ ।

  • ad space
  • सिफारिस