काठमाडौं । काठमाडौंको तीनकुने र बल्खुमा प्रहरीले जामर प्रयोग गरेको छ । बल्खुमा दुर्गा प्रसाईं र युवा संघबीच झडप भएपछि अहिले त्यहा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको हो ।
उता तीनकुनेमा पनि जामर भेहिकलको प्रयोग गरिएको छ । मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाइन्छ । यो प्रविधि प्रयोग गरेसँगै अहिले त्यहाँ मोबाइल नेटवर्क देखाएको छैन ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ को प्रदर्शन स्थानमा प्रहरीले १ थान जामर भेहिकल सञ्चालन गरेको छ । तीनकुनेस्थित युवा संघको प्रदर्शन स्थलमा पनि १ थान जामर भेहिकल सञ्चालन गरिएको छ । जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।
सिफारिस
लोकप्रिय



