• vacancy ad
  • विश्वकप छनोटमा पूर्वच्याम्पियनद्वय ब्राजिल र अर्जेन्टिना पराजित

  • Ad Space available
  • फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा पूर्वच्याम्पियनद्वय ब्राजिल र अर्जेन्टिना पराजित भएका छन्।

    नेपाली समयअनुसार शुक्रबार विहान सकिएका खेलमा अर्जेन्टिनालाई उरुग्वे तथा ब्राजिललाई कोलम्बियाले पराजित गरेका हुन्।

    ad space

    घरेलु मैदानमा हार बेहोरेको अर्जेन्टिनामाथि उरुग्वेले दुवै हाफमा एक एक गोल गर्दै २-० गोलको जित निकाल्यो।

    उरुग्वेका लागि रोनाल्ड अराउजोले ४१ र डार्विन नुजेजले ८७ मिनेटमा गोल गरेका थिए।

    यता ब्राजिललाई कोलम्बियाले २-१ गोलले हरायो।

    घरेलु मैदानमा जित निकाल्ने क्रममा कोलम्बियाका लुइस डियाजले दुई गोल गरे। उनले ७५ र ७९ मिनेटमा गोल गर्दै कोलम्बियालाई पुनरागमन जित दिलाए।

    त्यसअघि ब्राजिलका मार्टिनेलीले चौथो मिनेटमा गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।

    छनोटमा हारपछि पनि अर्जेन्टिना शीर्ष स्थानमै छ। अघिल्ला चार खेलमा लगातार जित निकालेको अर्जेन्टिनाको १२ अंक छ।

    यता उरुग्वे दोस्रो स्थानमा उक्लियो। उसको १० अंक छ भने  कोलम्बिया ९ अंकसहित तेस्रो स्थानमा पुग्यो।

    भेनेजुएला ८ अंकसहित चौथो स्थानमा रहदा ब्राजिल भने ७ अंकसहित पाँचौ स्थानमा झरेको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय