• vacancy ad
  • गुल्मी शान्तिपुर बालिका मृत्यु प्रकरण : एक युवा पक्राउ !

  • Ad Space available
  • गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं-४ हुग्दी खोलामा मृत भेटिएकी १५ वर्षीय बालिकाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

    शान्तिपुर बजारको श्रीलंकाटोल बस्ने उक्त बालिकाको शव कार्तिक १७ गते नग्न अवस्थामा खोलामा भेटिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा बाँके जिल्ला खजुरा गाउँपालिका-७ घर भई हाल चन्द्रकोट गा.पा- ४ बस्ने २३ वर्षीय रहिस खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नविनकिशोर प्रधानले जानकारी दिनुभयो ।

    पक्राउ परेका खाँलाई जिल्ला अदालत गुल्मीबाट ज्यान सम्बन्धी कसुर र करणी सम्बन्धी कसुर मुद्धामा ५ दिन म्याद थप गरी थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।

    विहिबार खेतमा धान झाँट्ने क्रममा खेतालालाई सूर्ती लिन भनेर गएकी मृतक किशोरी सोही दिन देखि बेपत्ता भएकी थिईन् । उनको शव शुक्रवार बिहान नंग्न अवस्थामा खोला किनारमा फेला परेको थियो ।

    सिफारिस
    लोकप्रिय