• vacancy ad
  • सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि

  • Ad Space available
  • काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो ।

     काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

    सुपर ओभरमा पहिले ब्याटिङ रोजेको ओमानले तीन छक्काको मद्दतमा २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आएका थिए ।

    तर पहिलो बलमै ब्याटर कुशल भुर्तेललाई गुमायो । त्यसपछि कुशल मल्ल आएका थिए । मल्लले २ चौका हाने पनि नेपाललाई खेल जिताउन पर्याप्त भएन ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल बराबरी भएको थियो ।

    सिफारिस
    लोकप्रिय