• vacancy ad
  • तम्घासदेखि उपल्लो तम्घास महोत्सवस्थल सम्म नि:शुल्क बस सेवा

  • Ad Space available
  • गुल्मी । तम्घासदेखि उपल्लो तम्घास महोत्सवस्थल सम्म नि:शुल्क बस सेवा हुने भएको छ।
    आज देखि २५ गतेसम्म संचालन हुने प्रथम ऐतिहासिक गुल्मी महोत्सवमा दर्शकको सहजताको लागि नि:शुल्क बस सेवा संचालन गरिएको आयोजक गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

    “उद्योग कृषि र पर्यटनमा उनिएको थुङ्गा” समुन्नत गुल्मीका लागि जाउ हिड रेसुङ्गा भन्ने मुल नारा सहित हुने गुल्मी महोत्सव पहिलो पटक उपल्लो तम्घासमा हुँदै छ ।
    महोत्सवमा ३०० स्टल रहेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी दिए । व्यापारी तथा कृषकको माग भइ आएपछि थप २० स्टल थप्ने तयारीमा रहेको भुसालले बताए। जिल्लाका सबै स्थानीय तहमा पुगेर सबैलाई महोत्सवको निम्तो दिएको आयोजकले जनाएको छ।

    ad space

    ११ दिनसम्म चल्ने गुल्मी उद्योग संघको महोत्सवमा ६० करोड बराबरको अपेक्षा राखिएको आयोजकले जनाएको छ । महोत्सवमा करिब ८ दर्जन कलाकारको सास्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ्। गुल्मी महोत्सवमा जिल्लाका स्थानीय कलाकारलाई बढि स्थान दिइएको छ।

    महोत्सवमा गुल्मीका उज्यालो अभियानका परिकल्पनाकार उपल्लो तम्घासका माधव मरासिनीलाई सम्मान गरिनेछ । त्यस्तै गुल्मीमा उन्नत जातको गाई भित्र्याएर गुल्मीमा दुग्ध उत्पादन अभियान छेड्ने पूर्व सांसद कमलराज श्रेष्ठ, त्यस्तै पहिलो पटक तम्घासमा होटल सञ्चालन सुरू गर्ने र अहिले ९३ वर्षको उमेरसम्म पनि साहाकारी सापकोटा भोजनालय सञ्चालन गर्ने हिरामणि सापकोटा र गुल्मीमा पहिलोपटक महोत्सव आयोजना गरेर तत्कालिन र हालका पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गुल्मी झिकाउन सक्ने समाजसेवीका रूपमा अशोक थापालाई सम्मान गरिने आयोजकले जनाएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय