बहुमतसिद्ध नगरेसम्म सरकार अल्पमतको हुने र यस्तो सरकारले पूर्ण बजेट ल्याउन नसक्ने प्रतिपक्षी दलको दाबी पछि सरकार बजेट अगाबै विश्वासको मत लिने तयारीमा जुटेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो चाडो संसदबाट विश्वासको मत लिने तयारी गरेको प्रधामन्त्री कार्यलयको स्रोतले जानकारी गराएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा पनि आफूले चाँडै संसदबाट विश्वासको मत लिन लागेको जानकारी गराएको सहभागी एकले बताएका छन् ।
वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले विश्वास मत लिने तयारीमा आफू रहेको बताएका हुन्।
सिफारिस
लोकप्रिय