• vacancy ad
  • सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो

  • Ad Space available
  • सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो खसेको छ । २०७१ सालमा कयौँको ज्यान जानेगरी भिषण पहिरो गएकै स्थानमा आज (सोमबार) बिहान सुख्खा पहिरो झरेको हो ।

    पहिरो झरेपछि जुरे क्षेत्रमा धुलोको ठूलो मुस्लो देखिएको थियो । पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिबारे कुनै जानकारी आइसकेको छैन । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले २०७१ मा झरेको पहिरोको माथिल्लो भागबाट एउटा ढिस्को खसेको जानकारी दिए ।

    २०७१ साउन १७ गतेको राति जुरेमा पहाड नै खसेको थियो । राम्चेको इटिनी भिर खस्दा मांखा कागुने, ड्यामसाइड र टेकानपुरका १४५ जनाले ज्यान गुमाएका थिए ।

    सिफारिस
    लोकप्रिय