• vacancy ad
  • ललिता निवास प्रकरणमा अरुणकुमार श्रेष्ठ पक्राउ

  • Ad Space available
  • काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सो प्रकरणमा आइतबार अरुणकुमार श्रेष्ठ पक्राउ गरेको हो ।

    ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा उनलाई आज पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार श्रेष्ठ नापी विभागका कर्मचारी समेत रहेको खुल्न आएको छ । यद्यपि, उक्त स्रोतले उनी हाल कुन विभागमा छन् भन्नेबारे आधिकारिक तथ्य खुलाउन चाहेन ।

    यसअघि साउन ५ गते प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजालाई पुनः पक्राउ गरेको छ । सीआईबीले गत असार १२ गते देउजालाई पक्राउ गरेर छाडेको थियो । सो दिन पक्राउ परेका तीनसहित १७ जनालाई पक्राउ गर्न मिल्नेगरी सर्वोच्च अदालतले शुक्रबार आदेश दिएसँगै देउजालाई पुनः पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताएका छन्। देउजा २०४९ सालमा मालपोत कार्यालयका प्रमुख थिए ।

    ललिता निवास प्रकरणमा अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएकासहित ४ सय ६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति लिइसकेको छ । सीआईबीले उनीहरुविरुद्ध कीर्ते र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ ।

    सिफारिस
    लोकप्रिय