
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज (बिहीबार) दिउँसो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या करिब साढे २२ हजार रहेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ रहेको छ । यो कुल परीक्षार्थीको ४.६३ प्रतिशत हो । यस्तै कार्यालयका अनुसार ३.२० देखि ३.६० जीपीए ल्याउनेको विद्यार्थी संख्या ५५ हजार ६९ रहेको छ । जुन ११.३६ प्रतिशत हो । बोर्डले यस वर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ ।
सिफारिस
लोकप्रिय


