• vacancy ad
  • न्यायिक स्वच्छता कायमको मागसहित कानुन व्यवसायी आन्दोलित

  • Ad Space available
  • गुल्मी : गुल्मी जिल्ला अदालत बार एशोशियसनले नेपाल बार एशोसियशन केन्द्रको कार्यक्रमअनुसार सोमबार बेन्च बहिष्कार गरेको छ।

    बन्दीप्रत्यक्षीकरणका मुद्धाहरुमा बाहेक सोमबार पेशी रहेका कुनै पनि मुद्धामा बहस पैरवीका लागि इजलासमा उपस्थित नभएको गुल्मीबारका अध्यक्ष चिरन्जीवी शर्माले जानकारी दिनुभयो। आन्दोलनको विषयमा गुल्मी जिल्ला अदालतलाई ज्ञापन पत्र बुझाई जानकारीगराइएको थियो ।

    ad space

    २०८० साल असार १३ गते ललितपुर जिल्ला अदालतमा अदालती काम कारवाहीको सन्दर्भमा सेवा लिने दिने क्रममा उच्च अदालत बारएशोसियशन पाटनका सदस्य अधिवक्ता अमिर लामिछाने र ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङलेमुद्धामा भएको आदेश हेर्नलाई घुस मागेको विषयलाई बङ्ग्याएर बदनियतपूर्ण ढंगले कृतिम मुद्धा लगाइएको विरोधमा देशैभरका कानुनव्यवसायीहरु आन्दोलन गरिरहेका छन्।

    केन्द्रीय कार्यक्रम अनुसार मंगलबार पनि बार एशोसयशन गुल्मीले घटनाको सत्यतथ्य छानविनगर, न्यायलयभित्रको विकृति विसंगतिहरु अन्त्य गरौं, ललितपुर घटनालाई अतिरन्जित तुल्याउन मुख्य भूमिका खेल्ने ललितपुर जिल्लाअदालतका श्रेस्तेदार र निज ना सुब्बा प्रेमिका तामाङलाई कारवाही गरी उपत्यका बाहिरका स्थानमा सरुवा गर, न्यायिक स्वच्छताकायम गर लगाएतका नारासहितका प्ले कार्ड सहित विरोध प्रदर्शन गरेको गरिएको थियो ।

      माग पुरा नभएसम्म आन्दोलन जारी रहने  बार एशोसियशन गुल्मीका सहसचिव अधिवक्ता हीरा कुँवरले जानकारी दिनुभयो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय