• vacancy ad
  • कृत्रिम गर्भाधान कर्ताहरुका लागि पशु प्रजनन् विकृति तालिम

  • Ad Space available
  • गुल्मी : कृत्रिम गर्भाधान कर्ताहरुका लागि पशु प्रजनन् विकृति तालिम प्रदान गरिएको छ ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको आयोजनामा विभिन्न स्थानीय तहका पशु प्राविधिकहरुलाई गाईभैँसीमा हुने प्रजनन् सम्बन्धि समस्याहरु पहिचान गर्न सक्ने बनाउन, समस्याहरुको समाधानका उपायहरु सिकाई पशु प्रजनन् सम्बन्धि समस्याहरुको न्युनिकरण गर्न र गाईभैसी तथा बाख्रामा एक्रकालिक ऋतुमा ल्याउने तरिका सिकाउने उदेश्यले तालिमको आयोजना गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए ।

    ad space

    पशुपालन तर्फ विशेष गरेर गाईभैसीहरुमा प्रजनन् विकृति सम्बन्धि समस्याहरु बढ्दै गई रहेको समस्याहरु समयमा समाधान गर्न नसक्दा गाई भैसी बाँझो रहने र दुध उत्पादनको लागत बढ्ने, दुध उत्पादनमा कमि आउने, कृषकहरुलाई आर्थिक रुपमा नोक्सान हुने तथा प्रजनन् सम्बन्धि समस्याहरु समधान गर्नको लागि दक्ष जनशक्तिको अभाव रहेका कारण बार्षिकम कार्यक्रम अन्तरगत तालिम प्रदान गरिएको काफ्लेले जानकारी दिए ।

    तालिममा खगेन्द्रराज सापकोटा र डा भाजुराम महतोले सहजीकरण गरेका थिए । तालिमको समापन गर्दै जिल्ला समन्वय समिति प्रमुख द्रोर्ण बहादुर खत्रीले स्थानीय तहमा पशु प्राविधिक र जनप्रतिनिधी तथा प्रशासकीय अधिकृतबिच समन्वयको अभाव देखिएको बताए । उनले गाउँ डुल्ने र किसानका समस्या बुझ्ने कृषि तथा पशु प्राविधिक र पालिकाका जनप्रतिनिधीबिच समन्वय नहुँदा सोँचे अनुसारको उपलब्धि प्राप्त नभएको बताए ।

    त्यस्तै प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जस्तोसुकै परिस्थिति आएपनि कृषकहरुलाई खुसीका साथ सेवा प्रदान गनए आग्रह गरे । उनले प्राविधिकहरु कृषकका भगवान भएकाले कृषकको समृद्धिसंगै प्राविधिकको भविष्य हुने भएकाले सोहि अनुसार सेवाप्रबाह गर्न सुझाव दिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय