

काठमाडाैं। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनकाे मूल्य वृद्धि गरेको हो। पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर २–२ रूपैयाँले बढेको छ। यो सँगै पेट्राेल प्रतिलिटर १२३ रूपैयाँ, डिजेल १०६ रूपैयाँ, मट्टितेल ७८ रूपैयाँ पुगेको छ।
सिफारिस
लोकप्रिय