• vacancy ad
  • अभिनेता पुष्पले गरे अक्सिजन सिलिन्डर सहयोग

  • Ad Space available
  • काठमाडाैं। कोरोनाको दोस्रो लहर सुरु भएसँगै कोरोना संक्रमितका लागि अक्सिजनको हाहाकार हुँदा विभिन्न क्षेत्रका विभिन्न व्यक्तिहरुले सहयोग गरिरहेका छन्।

    साे क्रममा फिल्मकर्मीहरुले पनि संक्रमितहरुका लागि विभिन्न तवरबाट सहयोग गरिरहेका छन्। अभिनेता पुष्प खड्काले कोरोना संक्रमितको लागि ५० सिलिन्डर अक्सिजन सहयोग गरेका छन्।

    ad space

    उनले सुदुरपश्चिमका विभिन्न जिल्लाका कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सिलिन्डर खरिदका लागि नगद सहयोग गरेका हुन्। पुष्पले कैलालीको मैनादेवी फाउन्डेशनसँग सहकार्यमार्फत् सहयोग प्रदान गरेका हुन्।

    अहिलेको समयमा संक्रमित भएका व्यक्तिहरुको उपचारको लागि अक्सिजन एकदमै जरुरी बनिरहेको छ। आर्थिक स्थिति कमजोर भएका व्यक्तिहरुले पनि उपचार गर्न सकुन भन्ने उद्येश्यले अक्सिजन सिलिन्डर सहयोग गरेको अभिनेता खड्काले बताए।

    पुष्प भन्छन्, ‘अहिलेको समयमा सबैले आफूले गर्न सक्ने सहयोग गर्न जरुरी छ। मैले पनि आफूले सक्ने सहयोग गरेको हुँ।’ पुष्प आगमी दिनहरुमा पनि सहयोगका लागि तयार रहने बताउँछन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय