• vacancy ad
  • पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी विजयी

  • Ad Space available
  • काठमाडौं ,२६ चैत्र । पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट  निर्वाचित भएका छन्श निवार सम्पन्न  स्ववियु निर्वाचनबाट नेपाल विद्यार्थी संघका बागी उम्मेदवार बिष्टले सभापतिमा बाजी मारेका हुन् ।

    बिष्टले ८४१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियु (एमाले)का उम्मेदवार सुरेश जिसीले ६७२ मत पाए । पाटन क्याम्पसमा नेविसंघले युवराज लामालाई अन्तिममा टिकट दिएको थियो । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिएका थिए। 

    पछि युवराज लामालाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। क्याम्पसको स्ववियु  सचिवमा अनेरास्ववियुका अविनाश भण्डारी, कोषाध्यक्षमा तिलक कुमाल निर्वाचित भएका छन् । पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो।

    सिफारिस
    लोकप्रिय