• vacancy ad
  • पुर्व प्रधानमन्त्री ओलीद्वारा रेसुंगा र रुरु क्षेत्रको भ्रमण

  • Ad Space available
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुल्मीको रेसुंगा र रुरु क्षेत्रको भ्रमण गरेका छन् ।

    सोमबार नेकपा एमाले गुल्मीले तम्घासमा आयोजना गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रममा आएका ओलीले मंगलबार रेसुंगा क्षेत्रको भ्रमण गरेका हुन् ।रेसुङ्गा क्षेत्रमा ओलीसँगै उनकी पत्नी राधिका शाक्य, एमाले नेताहरु प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट पनि रेसुङ्गा पुगेका थिए ।रेसुङ्गामा ओलीले यो क्षेत्र आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा रहेको बताए ।

    हिन्दु धर्मशास्त्र रामायणको प्रसंग उठाउँदै उनले राजा दशरथका सन्तान नभए पछि अयोद्या पुगेर ऋषि ऋष्यशृंगको सुझाव अनुसार पुत्रेष्टि महायज्ञ गरेको बताए ।

    सिफारिस
    लोकप्रिय