

काठमाडौं। नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष केपी ओली र माधव नेपाल पक्षका नेताहरुको कार्यदल गठन गरिएको छ ।
ओली र नेपालबीच ३० वैशाखमा पार्टी संरचनालाई २ जेठ, २०७५ को अवस्थामा फर्काउने सहमति भएको थियो । सो विषय कार्यान्वयनका विषयमा छलफल गर्न कार्यदल बनेको हो ।
अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटपछि दुबै पक्षका ५÷५ नेता रहेको कार्यदल बनाएको छ ।
कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।
सिफारिस
लोकप्रिय