• vacancy ad
  • गठबन्धन भत्किन सक्ने ओलीको संकेत

  • Ad Space available
  • काठमाडौं । सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी शर्माले गठबन्धन भत्किन सक्ने संकेत गरेका छन् । अनेरास्ववियुको २३ औं महाधिवेशन उद्घाटन कार्यक्रममा उनले पाँच दलीय गठबन्धन भत्काएर सरकार बनाउन सफल भए पनि गठबन्धन फेरिने अवस्था रहेको संकेत गरे ।

    अध्यक्ष ओलीले अहिले देश भित्र र बाहिरका शक्तिहरू देश बरबाद पार्न सक्रिय रहेको बताएका छन् । अध्यक्ष ओलीले नेकपा एमाले देश बचाउने सुरक्षागार्ड रहेको पनि बताए । ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौं । यो सफलताको कुरा हो । हाम्रो पार्टीका आम साथीहरु प्रसन्न भएको देखिन्छ । प्रसन्न हुनुपर्दछ तर कथंकदाचित यो स्थिति फेरियो भने ?’, ओलीले प्रश्न गर्दै भने, ‘यो संसद्को बनावट नै अस्थिरताको कारक हुने बनावट छ । बहुमत कसैको छैन, हाम्रो पार्टीसँग पनि छैन । बहुमतभन्दा निकै तल सिट छ । भित्र र बाहिरका धेरै शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् ।’

    ad space

    उनले कुनै डाकाले बैंकमा डकैती गनुपर्‍यो भने पहिला पालेलाई आक्रमण गर्ने भन्दै पालेकै अवस्थामा देश जोगाउने काममा एमाले लागेको बताए । ‘नेकपा एमाले यो देशमा डकैती गर्न नदिने, गेटपाले भएकाले यसमाथि नहानी भित्रै पस्न पाउँदैनन् । त्यसकारण पहिला यसमाथि प्रहार हुनसक्छ । भइआएको छ । फेरि पनि हुनसक्छ’, ओलीको भनाइ छ । उनले अझै अनेक प्रकारका षड्यन्त्र र प्रयास भइरहेको भन्दै सुखी नेपाली र समृद्धि नेपालको आकांक्षा गलत नभएको र त्यसबाट पछि नहट्ने बताएका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय