• vacancy ad
  • हड्ताल नगर्न प्रशासनको चेतावनी

  • Ad Space available
  • जिल्ला प्रशासन कार्यालय काठमाडौं ले अत्यावश्यक सेवामा बन्द, हडताल र निषेध नगर्न आग्रह गरेको छ। काठमाडौं उपत्यकाको अन्तिम फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलसम्म जाने बाटो समयमा मर्मत नगरेको भन्दै स्थानीयले अवरोध गर्दा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं ले अत्यावश्यक सेवा अवरोध गर्नु कानुन विपरीत रहेको जनाएको हो।

    सिसडोल जाने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौं फोहर व्यवस्थापन हुन सकेको थिएन।

    ad space

    यसरी पटकपटक अत्यावश्यक सेवा बन्द गरिँदा समस्या उत्पन्न भएको भन्दै आगामी दिनमा फोहरमैलाको व्यवस्थित विसर्जन कार्यमा सहयोग गर्न पनि स्थानीयलाई सूचनामार्फत आग्रह गरिएको छ।

    आगामी दिनमा पनि यस्ता गतिविधि गरेको पाइए कानुनी कारबाही गरिने काठमाडौं का सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा भनिएको छ। दश दिनपछि उपत्यकाको १८ स्थानीयको फोहर व्यवस्थापनको कार्य पुनः सुरु भएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय