एकदिवसीय क्रिकेट खेलमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै शृंखलामा अग्रता बनाएको छ । अहमदाबादमा भएको पहिलो खेलको जितसँगै भारतको एक हजार एकदिवसीय खेल पूरा भएको हो ।
घरेलु भूमिमा भारतले वेस्ट इन्डिजसँग तीन खेल खेल्नेछ । १७७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ६० रन बनाए । सूर्यकुमार यादवले ३४, इशान किशनले २८ र दीपक होडाले २६ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १७६ रनमा समेटियो । वेस्ट इन्डिजका जासन होल्डरले सर्वाधिक ५७ रन बनाए ।
फाबियन एलनले २९ र निकोलस पुरन तथा ब्राभोले १८–१८ रनको योगदान गरे ।
सिफारिस
लोकप्रिय


