• vacancy ad
  • विमल चम्कदा ११ वर्षपछि यो जित

  • Ad Space available
  • अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ११ वर्षपछि नेपालले जित निकालेको छ।

    दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गर्दै शनिबार नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितको खडेरी तोडेको हो।

    ad space

    सन् २०११ मा भुटानलाई पराजित गरेपछि नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितबिहीन थियो।

    नेपालको जितमा विमल घर्तीमगरको गोल निर्णायक गोल बन्यो । विमलले ५५ मिनेटमा गोल गरेका हुन्।

    सन् २०१८ मा बंगलादेशविरूद्ध गोल गरेपछि विमलले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। ४० महिनापछि गोल गरेका विमलको यो नवौं अन्तर्राष्ट्रिय गोल हो।

    विमलले गोल गरेपछि नेपालले अग्रता दोब्बर बनाउन गरेको प्रयासमा कहिले क्रसबार त कहिले पोल बाधक बन्यो।

    अन्जन विष्टले डिबक्सबाट उत्कृष्ट प्रहार गर्दा पोलमा लागेको थियो। लगत्तै सुमन लामाको प्रहार बारमा लागेर फर्किएको थियो। रिबाउन्डमा जगजित श्रेष्ठको प्रहारलाई मरिसका गोलकिपरले विफल पारे।

    खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो।

    पहिलो हाफमा नेपालका लागि सुमन लामाले डिबक्स बाहिरबाट हानेको प्रहार बार नजिकबाट बाहिरिएको थियो।

    यस्तै विमल घर्तिमगरले डिबक्समा पाएको अवसरमा गरेको क्रस सिधैं मरिससका गोलकिपरको हातमा पुगेको थियो।

    फिफा वरीयताको १६९औं स्थानमा रहेको नेपालले मरिसससँग पहिलो पटक खेलेको हो। फिफा वरीयताको १७२औं स्थानमा रहेकाले मरिससविरूद्ध नेपालले मंगलबार दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।

  • ad space
  • सिफारिस
    लोकप्रिय