• vacancy ad
  • मेलम्चीको काम पुन सुरु, डेढ अर्ब बजेट सुनिश्चितता

  • Ad Space available
  • मेलम्ची आयोजनाको काम पुनः सुरु भएको छ । २०७७ चैत १५ गते परीक्षणका रूपमा काठमाडौँका धारामा झरेको मेलम्चीको पानी स्थायी रूपमा वितरण गर्न नपाउँदै २०७८ असार १ गतेको बाढीले मुहान नै ध्वस्त बनाएको थियो ।

    ध्वस्त संरचनाको पुनर्निर्माणको काम यसअघि नै निर्माण जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु गरेको मेलम्ची खानेपानी विकास समितिले जानबारी गरमएको छ ।

    ad space

    प्रधानमन्त्री शेरबहादुर देउवाले गत हप्ता राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै यसै वर्षभित्र मेलम्चीको पानी पुनः काठमाडौँमा आउने बताएका थिए। कार्यकारी निर्देशक पौड्यालका अनुसार अहिले निर्माण कम्पनीले बस्ने ठाउँ बनाउनुका साथै उपकरण ढुवानी गरिरहेको छ । बाढीले बासस्थानका साथै उपकरणसमेत बगाएको थियो । पहिलेदेखि नै काम गर्दै आएको हुनाले सिनो हाइड्रोले काम गर्दा छिटो सम्पन्न हुने पनि समितिले जनाएको छ ।

    मेलम्ची पुनः सञ्चालनका लागि अर्थ मन्त्रालयबाट आवश्यक बजेटसमेत सुनिश्चित गरपएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालनमा ल्याउन तयार पारिएको कार्ययोजना सम्पन्न गर्न आवश्यक पर्ने डेढ अर्ब रुपियाँका लागि सुनिश्चितता भएको बताए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय