• vacancy ad
  • चिनियाँ र इजरायली राष्ट्रपतिबीच सन्देश आदन-प्रदान

  • Ad Space available
  • चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार इजरायली राष्ट्रपति इसाक हजगसँग दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ३०औं वार्षिकोत्सवका अवसरमा सन्देश आदानप्रदान गरेका छन्।

    सीले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशका जनताबीचको मित्रतालाई प्रगाढ बनाएको र द्विपक्षीय सम्बन्धले उल्लेखनीय प्रगति हासिल गरेको बताए । “चीन र इजरायलले २०१७ मा एक व्यापक साझेदारी स्थापना गरेदेखि विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगले फलदायी नतिजाहरू ल्याएको छ । जसले दुई देशका जनतालाई लाभ भएको छ” सीले भने ।

    ad space

    आफ्नो तर्फबाट हर्जोगले पनि ३० वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको आदानप्रदान मन् नजिकिएर आपसी द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए। “द्विपक्षीय सहयोगले अर्थतन्त्र, कषि, स्वास्थ्य पर्यटन र संस्कृति जस्ता क्षेत्रमा दुई देशका जनतालाई धेरै र दीर्घकालीन फाइदा पुगेको छ”, हर्जोगले भने ।

    इजरायल चीनबीचको व्यापक साझेदारीलाई आफूले उच्च मूल्याङ्कन गरेको कुरा उल्लेख गर्दै हर्जोगले आफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्धलाई थप प्रवर्द्धन गर्न आफू तत्पर रहेको बताए । सोमबार चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पनि आफ्ना इजरायली समकक्षी नाफ्ताली बेनेटसँग बधाई सन्देश आदानप्रदान गर्नु भएको अधिकारीहरूले जनाएका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय