• vacancy ad
  • ओमिक्रोन अन्त्यको संकेत

  • Ad Space available
  • ओमिक्रोन भेरियन्टले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र यसले युरोपमा कोरोना महामारीको अन्त्य हुन सक्ने विश्व स्वास्थ्य संगठनका युरोप निर्देशक हान्स क्लगले बताएका छन्। मार्च अन्त्यसम्म ६० प्रतिशत युरोपेलीमा ओमिक्रोन संक्रमण हुने बताउँदै उनले समाचार एजेन्सी एएफपीलाई भनेका छन्, युरोप महामारीको अन्त्यतिर उन्मुख देखिन्छ ।’

    युरोपभर हाल फैलिरहेको ओमिक्रोनको संक्रमण घटेपछि केही साता र महिनामा विश्वव्यापी रूपमा यो भाइरसविरुद्धको प्रतिरक्षा बढ्ने उनको दाबी छ । खोप तथा रोगको संक्रमणपछि प्राकृतिक रूपमा विकास भएको प्रतिरोध क्षमता तथा मौसमका कारण यो सम्भव हुने उनको तर्क छ । ‘केही समयको शान्तिपछि यो वर्षको अन्त्यमा कोभिड-१९ फेरि देखिन सक्छ तर महामारीकै रूपमा होइन,’ उनी थप्छन् ।

    ad space

    अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि आइतबार यस्तै धारणा व्यक्त गरेका थिए। एबिसी , न्युजलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘अमेरिकाको धेरै भागमा ओमिक्रोनको संक्रमण ह्वात्तै घटेको छ र यसले शुभ संकेत दिएको छ।’

  • ad space
  • सिफारिस
    लोकप्रिय