• vacancy ad
  • सुनसरीमा कोरोना नियन्त्रणको लागि सेना परिचालन

  • Ad Space available
  • जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा कडाइ गर्दै जिल्लाका प्रमुख सहरहरूमा सेना परिचालन गरेको छ। जिल्ला सुरक्षा समन्वय समितिको निर्णय अनुसार सेना परिचालन गरिएको हो ।

    कोभिड-१९ का सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक बढेपछि जेठ १५ गतेसम्म सुनसरी पूर्ण निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै सेना परिचालन गरिएको हो ।

    ad space

    सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले निषेधाज्ञालाई थप व्यवस्थित गर्न र सचेतता फैल्याउन सेना परिचालन गरिएको बताए ।

    उनका अनुसार जिल्ला सदरमुकाम इनरुवा, धरान र इटहरी उपमहानगरपालिका क्षेत्र आसपास सेनाले गस्ती गर्ने र स्थानीयलाई सम्झाउने कार्य गर्नेछ। यस बिचमा जनपथ र सशस्त्र प्रहरी सडकमा खटिएका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय