• vacancy ad
  • आज माओवादी केन्द्र र नेकपा मसालबीच पार्टी एकता

  • Ad Space available
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको सम्पर्क केन्द्रबीच एकता हुने भएको छ। भोलि एक समारोहबीच दुबै पार्टीबीच एकता हुने भएको हो जसका लागि १२ बजे त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा समेत आयोजना गरिएको छ।

    मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि मसालमा विद्रोह गरेर नेकपा मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो।

    यसैबीच मसालका महामन्त्री सिंहले पार्टीबाट विद्रोह गरेर जानेहरुलाई ‘पुरोहितका गाईहरू’को संज्ञा दिँदै पार्टीमा फर्कन आग्रह गरेका छन् । बिहीबार विज्ञप्ति निकालेर उनले यस्तो आग्रह गरेका हुन। विद्रोही समूहले ३९ जिल्लामा नेकपा मसाल सम्पर्क केन्द्रको स्थापना गरेको बताइएको छ। त्यस्तै सुदूरपश्चिम, कर्णाली, वागमती, लुम्बिनी, लगायतका प्रदेशका जिल्लामा पनि संगठन विस्तार गरेको बताइएको छ।

    सिफारिस
    लोकप्रिय