काठमाडौं । हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । आज बिहान पहाडी भूभागको मौसममा आंशिक बदली रहेको छ ।
आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज राति प्रदेश १, बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
बुधबार पहाडी भेगमा आँशिक बदली रही प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।
सिफारिस
लोकप्रिय


