• vacancy ad
  • कांग्रेस सभापतिमा देउवा विजयी, डा.कोइराला पराजित

  • Ad Space available
  • काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका छन । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनअन्तर्गत आज विहान सकिएको मतगणनाको परणाम अनुसार देउवा सभापति निर्वाचित भएका हुन ।

    मंगलबार भएको मतदानमा चार हजार ६२३ मत खसेको थियो । जसमा शेरबहादुर देउवाले २ हजार ७३३ मत प्राप्त गरेका छन् ।

    त्यसैगरी सभापतिमा पराजित डा. शेखर कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेका छन् । उनी ८७८ मत अन्तरले पराजित भएका हुन् ।

    २५ मत बदर भएको मतदान अधिकृत सुनील पाण्डेले जानकारी दिए ।

    मतगणना सकिएलगत्तै गृहमन्त्री राष्ट्रिय सभागृह पुगेका छन् । उनले निर्वाचन मतपरिणामबारे जानकारी लिनुका साथै अबका गणना कसरी गर्ने भन्नेबारे निर्वाचन समितिसँग परामर्श गरेका छन् ।

    सिफारिस
    लोकप्रिय