• vacancy ad
  • वर्तमान कांग्रेस केन्द्रीय समितिकाे अन्तिम बैठक आज

  • Ad Space available

  • काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बिहीबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। 

    बैठकमा पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि सूचना गरिएको छ।

    ad space

    बैठकमा भोलि (शुक्रबार)देखि सुरु हुने कांग्रेसको चौधौँ महाधिवेशन तयारीको विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए। 

    २४ मंसिरदेखि काठमाडौँमा सुरु हुने कांग्रेस महाधिवेशन २७ गतेसम्म चल्ने छ। महाधिवेशनले पार्टीको पाँच वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय