काठमाडौँ- बुद्ध एयरको विमानबाट यात्रा गर्ने नव विवाहित जोडीलाई पोखराको दुईतर्फ टिकट उपहार दिने भएको छ । यसका लागि बेहुला-बेहुलीले विवाह गरेकाे दिनकाे विवाहको पोसाकसहितकाे फोटो खिचेर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ ।