• vacancy ad
  • उपसभापति निधि भन्छन् : भाँडभैलो गर्ने पार्टीलाई भोट नदिनुस्

  • Ad Space available
  • काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आम निर्वाचनका लागि तयारी अबस्थामा रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

    नेपाली जनसम्पर्क समिति साउदी अरबको दोस्रो अधिबेशनको शुक्रबार उद्घाटनका अबसरमा भर्चुअल सम्बोधन गर्दै उपसभापति निधिले यस्तो आह्वान गरेका हुन् । उनले ढिलोचाँडो चुनाव हुने भन्दै मंसिरमा त्यसको बलियो संभाबना रहेको उल्लेख गरे । निर्बाचन आयोगले घोषणा गरेपछिमात्रको तयारीले नपुग्ने भएकाले अहिलेदेखि नै निर्वाचनको लागि तयार हुनुपर्ने निधिको भनाई थियो ।

    ad space

    गत निर्वाचनमा लोकतन्त्र, संघीयता र समाबेशितामा बिश्वास नगर्ने कम्युनिष्ट पार्टीलाई जनताले मत दिएका कारण परिबर्तनका ती एजेण्डा धरापमा परेको भन्दै उनले आगामी निर्बाचनमा कांग्रेसका पक्षमा मत दिएर ती एजेण्डलाई संस्थागत गराउनु पर्नेमा जोड दिए ।

    धिको प्रश्न थियो, यस्तो भाँडभैलो गर्ने पार्टीलाई पनि तपाईहरु फेरी भोट दिनुहुन्छ ?
    आगामी भदौमा हुने कांग्रेसको १४ औं महाधिबेशनबाट आउने नेतृत्वले परिवर्तनका ती एजेण्डलाई संस्थागत गर्ने उपसभापति निधिको भनाई थियो। पार्टीको बिधान अनुसार १३ औं महाधिबेशनबाट निर्वाचित कार्यसमितिको म्याद एक बर्ष थप गरिएको समय सकिएपछि संविधान अनुसार ६ महिना थप गरिएको समय आगामी भदौ २० मा सकिने भएकोले त्यसअघि नै १४ औं महाधिबेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको जानकारी गराए ।

    महाधिबेशनमा मताधिकार प्रयोग गर्न पाउने तर उम्मेद्वार बन्न नपाउने व्यबस्था संशोधन गर्नुपर्ने भन्ने जनसम्पर्क समितिका सदस्यहरुको मागप्रति आफू सकारात्मक भएको भन्दै उपसभापति निधिले त्यसको उचित समाधान निस्कने बताए ।

    जनसम्पर्क समिति साउदीका निर्बाचित पदाधिकारी तथा महाधिबेशन प्रतिनिधिहरुलाई बधाई दिर्दै निर्बाचनका बेला नेपालमा आएर कांग्रेसका पक्षमा माहौल बनाउनका लागि पनि आग्रह गरे ।

  • ad space
  • सिफारिस