काठमाडौं । नेकपा माओवादी केन्द्रको आज स्थायी समितको बैठक बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा आज विहान ८ बजे स्थायी समितिको बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीतिक विषय र आसन्न राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
यसअघि हिजो बसेको स्थायी समितिको बैठकले काठमाडौंस्थित प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियाे। बैठकले पुष ११–१३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
बैठकले मंसिर २५ गते सबै प्रदेशमा प्रदेश सम्मेलन गर्ने र सम्मेलनको उद्घाटन दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने प्रवक्ता महराले जानकारी दिए ।
सिफारिस
लोकप्रिय


