• vacancy ad
  • पुस ११ गते माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा, पार्टी सदस्य ७ लाख ६ हजार बढी

  • Ad Space available
  • काठमाडाैँ । नेकपा माओवादी केन्द्रले यही पुसमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ। पुसको ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

    उनकाअनुसार अहिलेसम्म पार्टी सदस्य संख्या सात लाख छ हजार कटेका छन्। यो संख्या थपिने उनले बताए। माओवादी केन्द्रले पार्टी सदस्य संख्या ८ लाख पुर्‍याउने तयारी गरेको छ।

    माओवादीले वडा अधिवेशनहरू सफलताका साथ सकिएको दाबी पनि गरेको छ। माओवादीले पालिका अधिवेशनहरू पनि गरेको थियो। एक/दुई दिनभित्रमा बाँकी रहेका पालिका अधिवेशनसमेत गरिसकिने महराले बताए।यही मंसिर २५ मा प्रदेश अधिवेशन गर्ने तयारी माओवादीको छ।

    सिफारिस
    लोकप्रिय