काठमाडौँ- नेकपा एमालेको दशौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बिहान १० बजे बन्दसत्र सुरु हुने भएको छ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उदघाटन हुने बताए । ‘बिहान १० बजे बन्दसत्रको कारवाही सुरु हुनेछ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ,’ भट्टराईले केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग भने ।
सिफारिस
लोकप्रिय


