• vacancy ad
  • मुगुमा १८ वर्षीया युवती मृत फेला

  • Ad Space available
  • काठमाडाैँ । मुगुमा १८ वर्षीया एक युवती मृत फेला परेकी छन्। खत्याड गाउँपालिका ६ रास्कोटीबाडाका बाँचे शाहीकी छोरी १८ वर्षीया मण्डला शाही मृत फेला परेकी हुन्।

    घरभन्दा करिव ५ सय मिटर परको एक रुखमा झुण्डिएको अवस्था उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। शाहीको मृत्युलाई स्थानीयले शंकास्पद मानेका छन्।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) चित्र भट्टराईले परिवारका सदस्यले युवती हराएको भनेर दिएको जानकारीपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको जानकारी दिए। घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको भट्टराईको भनाइ छ।

    सिफारिस
    लोकप्रिय