• vacancy ad
  • सांसदहरूलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु

  • Ad Space available
  • संघीय संसद सचिवालयले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा सांसदहरूलाई आजदेखि कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने व्यवस्था गरेको हो ।
    प्रतिनिधि र राष्ट्रियसभा सदस्यहरूलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ ।
    सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार बिहान संसद भवन पुगेर कोभिडसिल्ड खोपको दोस्रो डोज लगाएका छन् । कोरोनाविरुद्धको खोपको दोस्रो डोज शनिबार र आइतबार पनि लगाउन सकिने व्यवस्था संसद सचिवालयले मिलाएको छ ।

    शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षलगायत दुवै सदनका सांसदहरू र पदाधिकारीहरूका निजी सचिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाइएको छ ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय