• vacancy ad
  • सरकार सञ्चालनमा सहयोग गर्न गठबन्धनले बनायो समिति, समितिमा देउवा अटाएनन्

  • Ad Space available
  • काठमाडाैँ । सत्तारुढ दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनाएका छन्।सोमबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले ११ सदस्यीय समन्वय समिति बनाएको हो।

    समन्वय समितिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सम्मिलित छन्।

    ad space

    समितिमा सत्तारुढ गठबन्धनमा रहेका सबै दलबाट २–२ जना सदस्य रहनेछन् भने सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन्।

    न्यूनतम साझा कार्यक्रमको कार्यान्वयन गर्न सरकारलाई सहयोग गर्नु, राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्षा तथा संस्थागत सुदृढिकरण, सुरक्षा, सुशासन, सेवा, विकास र संविधानअनुसार हुने चुनाव सफलतापूर्वक सम्पन्न गर्नु समन्वय समितिले काम गर्ने बताइएको छ।

    बैठकमा सहभागी एक नेताका अनुसार समितिमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला सदस्य छन्। 

    यस्तै, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव सदस्य छन् भने एक एक जनाको नाम पछि दिने बताएका छन्। राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेका छन्।

    समन्वय समितिको बैठकको संयोजन हरेक पार्टीले दुई–दुई महिना गर्ने सहमति भएको छ। त्यसअनुसार पहिलो बैठकको संयोजन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नेछन्।

    समितिमा प्रधानमन्त्री देउवा भने छैनन्। तर, उनले हरेक बैठकमा आउने प्रतिवद्धता जनाएका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय