• vacancy ad
  • जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, सहचालक गम्भीर घाइते

  • Ad Space available
  • काठमाडाैँ । जाजरकोटमा ट्याक्टर  दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। जिल्लाको नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा मंगलबार राति २ बजे दुर्घटना भएको हो।

    मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री छन्। 

    त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन्। उनी सहचालक हुन्। घाइतेको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए। ट्याक्टरकाे नम्बर खुल्न सकेको छैन।

    सिफारिस
    लोकप्रिय