• vacancy ad
  • आफ्नो सरकार जोगाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिए हुन्छ : खाँण

  • Ad Space available
  • पाँचथर। प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका छन्।

    पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयवासीसँगको अन्तर्क्रियाका क्रममा उनले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका हुन्।

    विपक्षी दलका नेताहरुले अहिलेको सरकारलाई सजिलै ढलाउन सक्ने दाबी गरेको केही दिनपछि गृहमन्त्री खाँणले अहिलेको सरकार कसैले ढलाएर नढल्ने तर्क गरे ।
    ‘हामी सरकार ढलाउने र गिराउने काममा कहिल्यै लागेनौं, अब पनि लाग्दैनौँ, सरकार बनाउनेतर्फ हैन, देश बनाउनेतर्फ जोड गरौँ’, उनले भने।

    वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्ने भएकाले जनताको मर्म बुझ्नका लागि आफू जनतासँग अन्तक्र्रिया गर्न गाउँ गाउँ जाने गरेको बताए ।

    जनताका समस्या बुझ्ने र समाधान गर्नेतर्फ नै अहिलेको सरकार केन्द्रित रहेकाले कसले सरकार ढलाउँछ भन्नेतर्फ कुनै सरोकार नरहेको उनले उल्लेख गरे ।

    सिफारिस
    लोकप्रिय