• vacancy ad
  • आज ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान

  • Ad Space available
  • ईस्लाम धर्मावलम्वीहरूले आफ्नो महान पर्व रमजान आज मनाँउदै छन्। यो पर्वका लागि मुसलमानले १ महिनासम्म उपावास बसेका हुन्छन्।

    रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानका सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ।

    ad space

    दान दिनु गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजान ब्रतको आज अन्तिम साँझ मुसलमानले चन्द्रमा हेर्न आकाश तिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ।

    खाडी मुलुकमा भने हिजै ‘इद’ धुमधामसँग मनाएको छ ती देशहरूमा नेपालको भन्दा एक दिन अगाडि चन्द्रमा हेर्न पाउँछन्। यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय