• vacancy ad
  • ओलीसँगको निर्णायक वार्तापछि टर्‍यो नेपाल पक्षको राजीनामा

  • Ad Space available
  • काठमाडाैं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको निर्णायक वार्ता सकारात्मक भएपछि पार्टी विभाजनबाट जोगिएको छ। बुढानीलकण्ठस्थित रामेश्वर थापाको घरमा भएको वार्तामा सबै विवाद आपसमा बसेर कार्यदलमार्फत टुङ्गो लगाउँदै जाने समझदारी भएको नेता नेपालले जानकारी दिए ।

    प्रधानमन्त्री ओलीसँगका भेटपछि प्रफुल्ल मुद्रामा बाहिरिएका नेता नेपालले आफूहरु अनुपस्थित गत फागुन २८ को केन्द्रीय कमिटीका निर्णय फिर्ता गर्न र २०७५ जेठ २ गतेका अवस्थाका स्थितिमा पार्टीलाई फर्काउन छलफल जारी राखिने बताए ।
    तपाईँहरुको राजीनामा अब रोकिएको हो भन्ने प्रश्नमा उनले भने, ‘‘अब मिल्ने दिशामा अगाडि बढेको छ । कार्यदल बन्छ । सहमतिका आधारमा टुङ्गो लाग्छ।’’ अध्यक्ष ओलीसँग कुरा नमिले नयाँ सरकार बनाउन नेपाली काँग्रेसलगायत विपक्षीलाई सहयोग मिल्ने गरी नेपाल पक्षका केही सांसदले आजै राजीनामा दिने तयारी गरेका थिए।

    ad space

    आजै सम्पन्न एमाले स्थायी कमिटीको बैठकले नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि यसअघि गरिएको निलम्बनको कारवाही फिर्ता लिने निर्णय गरेपछि शीर्ष तहमा संवादको वातावरण बनेको हो । नयाँ सरकार गठन र पार्टीभित्रको विवाद व्यवस्थापनलगायत विषयमा छलफल गरी स्थायी कमिटीले निकासका लागि उपयुक्त निर्णय लिन अध्यक्ष ओलीलाई अधिकार प्रत्यायोजन गरेको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय