• vacancy ad
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग

  • Ad Space available
  • नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

    पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सबै क्षेत्रको महंगी बढ्न गई सेवाग्राही र जनतामा प्रत्यक्ष असर पर्ने भएकाले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ।

    अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुसँग सरकार गम्भीर हुनुपर्ने उल्लेख गरेकी छन्।

    शुक्रबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको १३३ कायम गरेको छ ।

    त्यसैगरी डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर तीन रूपैयाँले बढेर ११६ कायम गरेको छ । एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रूपैयाँ वृद्धि गरी एक हजार ५०० कायम गरिएको छ।

    सिफारिस
    लोकप्रिय