• vacancy ad
  • सवारी दुर्घटनामा हवल्दारको मृत्यु

  • Ad Space available
  • रूपन्देहीको कन्चन गाउँपालिकाको-४ थकाली चोकमा ड्युटीमा खटिएका एक जना प्रहरी हवल्दारको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
    नम्बर नखुलेको सवारी साधनको ठक्करबाट ईलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीमा कार्यरत प्युठान ऐरावती गाउँपालिका-२ घर भएका ३५ वर्षीय प्रहरी हवल्दार कर्ण बहादुर बुढामगरको बिहीबार बिहान मृत्यु भएको हो ।
    ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय