• vacancy ad
  • टी–२० विश्वकप : पाकिस्तानको लगातार तेस्रो जित, सेमिफाइनल यात्रा लगभग पक्का

  • Ad Space available
  • काठमाडाैँ । जारी आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले  लगातार तेस्रोपटक जितेको छ। 

    सुपर १२ अन्तर्गत समूह २ मा रहेको पाकिस्तानले शुक्रबार अफगानिस्तानलाई ५ विकेटले हराएको हो। लगातार तेस्रो जितसँगै पाकिस्तान शीर्ष २ मा रहेर सेमिफाइनल खेल्ने लगभग पक्का भएको छ। 

    ad space

    टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनायो भने १४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ६ बल बाँकी छँदा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

    सुरुमा ब्याटिङ गरेको अफगानिस्तानका लागि मोहम्मद नाबी र गुल्बादिन नाइबले ३५/३५ रन बनाए। यस्तै नजिबुल्लाह जर्दानले २२, करिम जनतले १५ तथा रहमानुल्लाह गुर्बाज र अस्घर अफगानले १०/१० रन जोडे।

    बलिङतर्फ पाकिस्तानका इमाद वसिमले २ तथा शहीन अफ्रिदी, ह्यारिस राउफ, हसन अली र शदाब खानले १/१ विकेट लिएका थिए। 

    जवाफी ब्याटिङमा पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५१ रन बनाए भने फखर जमनले ३०, असिफ अलीले २५, सोयब मलिकले १९ र मोहम्मद हाफिजले १० रन जोडेका थिए। 

    अफगानिस्तानका रासिद खानले २ तथा मुजीब उर रहमान, मोहम्मद नाबी र नवीन उल हकले १/१ विकेट लिएका थिए।

  • ad space
  • सिफारिस
    लोकप्रिय