काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन फेरि पछि सरेको छ ।
अब नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार कांग्रेसको महाधिवेशन आगामी मंसिर २४, २५ र २६ गते हुनेछ ।
बुधबार मंसिर २७–२९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएकोमा त्यसभन्दा तीन दिन अघि सारेर नयाँ कार्यतालिबा सार्वजनिक गरिएको हो ।

सिफारिस
लोकप्रिय


