हेटाैंडा। बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन्।
उनले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन्।
उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आज राजीनामा पेस गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
यसअघि मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठकमा आजै राजीनामा दिने घोषणा गरेकी थिइन्।
सिफारिस
लोकप्रिय



